सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । प्याब्सन कप फुटबलको उपाधि सिद्धार्थ विद्या सदनले जितेको छ । आज सम्पन्न फाइनल खेलमा पशुपति सेकेण्डरी स्कुललाई ५-१ गोल अन्तरले पराजित गर्दै नेपालगञ्ज-६ फुल्टेक्रास्थित सिद्धार्थ प्रथम भएको हो । यस्तै मोडेल एकेडेमी तृतीय र जय बागेश्वरी स्कुल चौथो भएका छन् ।
प्याब्सन नेपालगञ्जले फुटबलसंगै फुटसल प्रतियोगिता पनि आयोजना गरेको थियो ।
फुटसल कपमा दश जोड दुई छात्रतर्फ होलिल्याण्ड स्कुल प्रथम, आदर्श माध्यमिक विद्यालय द्वितीय र मोडर्न स्कुल तृतीय भएका छन् । यस्तै दश जोड दुई छात्रातर्फ आदर्श माध्यमिक विद्यालय प्रथम, सगरमाथा द्वितीय र युनाइटेड स्कुल तृतीय भएका छन् । फुटसलमै शिक्षिकातर्फ पशुपति स्कुल प्रथम, नेपालगञ्ज सेन्ट जेभियर्स द्वितीय र जय बागेश्वरी स्कुल तृतीय भएका छन् ।
स्कुलस्तरको छात्राको फुटसलमा नेपालगञ्ज सेन्ट जेभियर्स प्रथम, जय बागेश्वरी द्वितीय र मोडेल एकेडेमी तृतीय भएका छन् ।
फुटबल र फुटसलका विजेता टीम तथा खेलाडीलाई नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गोर्ख बहादुर थापा, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष गोविन्द रेग्मी, प्याब्सनका प्राज्ञिक सल्लाहकार डा. राजेश केशर खनाल, प्याब्सन जिल्ला अध्यक्ष विकास बज्राचार्य, नगर अध्यक्ष मान बहादुर थापा लगायतले पुरस्कार वितरण गरेका थिए ।