अछाम दिदिबहिनी मृत्यु घटना: यौन प्रस्ताव अस्वीकार हुँदा हत्या

शनिबार, माघ १९, २०८१

काठमाडौं । प्रहरीको अनुसन्धानबाट अछामको ढकारी गाउँपालिका-८ मा मृत फेला परेकी दिदिबहिनी यौन प्रस्ताव अस्वीकार गर्दा दुई जना किशोरले हत्या भएको खुल्न अएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामले ढकारीकी १५ वर्षीय सरस्वती खड्का र १४ वर्षीय इशरा खड्काको सोही गाउँपालिका-३ का दुईजना किशोरले यौन प्रस्ताव अस्वीकार गर्दा हत्या गरेको  जानकारी दिएको छ ।

अछाम प्रहरीका अनुसार माघ ११ गते शुक्रबार  बाख्रा चराउन गएका उनीहरु भोलिपल्ट शनिबार दिउँसो मृत फेला परेका थिए । मृतकका परिवारले दिएको किटानी जाहेरकी आधारमा पक्राउ परेका १७ र १५ वर्षका दुईजना किशोरले उनीहरुको हत्या गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख ईश्वरीप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

प्रहरी प्रमुख भण्डारीले पक्राउ परेकाहरुलाई ज्यान मार्ने कसुरमा अछाम जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जानकारी दिएका छन्  । पक्राउ परेका दुबै जनाले प्रहरीसँगको बयानमा यौन प्रस्ताव अस्वीकार गरेपछि दुबै किशोरीको हत्या गरेको स्वीकार गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय अछामले आज पत्रकार सम्मेलन गरी दुई किशोरीको हत्या प्रकरणका बारेमा जानकारी गराएको हो ।

घट्नाको अनुसन्धानका क्रममा प्रहरीले मृतक किशोरीहरुको मोवाइल कल डिटेलका आधारमा दुबै किशोरलाई अनुसन्धानको दायरामा ल्याएको थियो । दुबै किशोरीहरु मृत फेला परेको जंगलमा दुबै किशोरहरु देखिएका थिए । अनुसन्धानका क्रममा किशोरीहरुसंग सम्पर्क भएपछि उनीहरु जंगलमा गएको खुलेको छ । उनीहरु प्रेमी–प्रेमिका अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार किशोरहरुले उपहारमा दुबै किशोरीहरुसंग सल माग्छन् । ईशरा सल दिन्छिन् । सरस्वती सल दिन अस्वीकार गर्छिन् । त्यही समय ईशरा बाख्रा फर्काउन जान्छिन् । यता १५ वर्षीय किशोर सरस्वतीसँग यौन प्रस्ताव राख्छन्। उनी प्रस्ताव अस्वीकार गर्छिन् । त्यही प्रतिशोधमा १५ वर्षीय किशोर उनको हत्या गर्छन। सरस्वती फर्केर आउदा ईशराको हत्या भईसकेको थियो । उनी हत्याका बारेमा गाँउमा भनिदिने भन्दै भाग्न थाल्छिन् । भाग्दै गरेकी ईशरालाई समातेर उनकै १७ वर्षीय प्रेमीले ढुंगाले हानेर हत्या गर्छन ।

घट्नाका बारेमा कसैलाई शंका नहोस भनेर उनीहरुले दुई किशोरको शव व्यवस्थापन गर्छन । प्रहरी घट्नास्थलको प्रकृति, लाशको मुचुल्का, किशोरीहरुको कल डिटेल, मृतकका परिवारको किटानी जाहेरीका आधारमा पक्राउ परेका किशोरहरुले दिएको बयानका आधारमा उनीहरुको हत्यामा संलग्न भएको निष्कर्षमा पुगेको हो ।

उक्त घटनाको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले अनुसन्धान गरेको थियो।

 

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१  १५:०१
प्रतिक्रिया दिनुहोस्