पेट्रोलियम पदार्थको मूल्य बढ्यो

शुक्रबार, माघ १८, २०८१

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।

शुक्रबार इन्डियन आयल कर्पोरेशनले पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य बढाएर पठाएसँगै नेपाल आयल निगमले मूल्य बढाएको हो । 

बढेको मूल्यअनुसार पेट्रोलमा २, डिजेल र मट्टितेलमा ४ तथा हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ६ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिकिलोमिटर अमेरिकी डलर ४३ का दरले बढाइएको छ । 

एलपी ग्याको मूल्य भने हालका लागि यथावत् राखिएको छ । 

प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  २२:३६
प्रतिक्रिया दिनुहोस्