अधिवक्ता पाण्डेलाई कारबाही गर्न माग गर्दै प्रहरी परिसरमै ढुङ्गामुढा

बुधबार, साउन १७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । तामाङ कलाकारहरुले अधिवक्ता भगवती पाण्डे ‘शीतल’लाई कारबाही गर्न दबाब दिँदै जिल्ला प्रहरी परिसर टेकुमा विरोध प्रदर्शन गरेका छन् । सो क्रममा आज  उनीहरुले परिसर कार्यालय नै घेरेर तोडफोडसमेत गरेका छन् । 

सो क्रममा प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्याससमेत प्रहार गरेको थियो । प्रहरीले केहीलाई नियन्त्रणमा लिएको छ । 

आङकाजी शेर्पाको नेतृत्त्वमा गएको समूहले प्रहरी कार्यालयमाथि ढुंगामुढा प्रहार गरेको प्रहरीले जनाएको छ । प्रदर्शनकारीको ढुंगा लागेर केही प्रहरी तथा प्रतिकारमा केही आन्दोलनकारी घाइते भएका छन् । 

केही दिनअघि एक टेलिभिजन कार्यक्रममा पाण्डेले तामाङ र मगर समुदायमा दाजुभाइबीच विवाह हुने र त्यसैबाट आपराधिक गतिविधि बढ्ने धारणा राखेकी थिइन् । 

उनीविरुद्ध उजुरी परेपछि उनलाई पक्राउ गर्ने दबाब थियो । सो क्रममा उनी आजै बिहान पक्राउ परेकी थिइन् । 

उनले बोलेको शब्द गलत भएको भन्दै सम्बनिधत समुदाय आक्रोशित भएको हो । 

केही सांसदलेसमेत संसदमै यो विषय उठाएका थिए । सोही विषयलाई लिएर जिल्ला प्रहरी परिसरमै आक्रामण भएको हो । 

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १९:२२
प्रतिक्रिया दिनुहोस्