सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
कोहलपुर नगरपालिका वडा नम्बर ३ बरदहवामा भे. १२ प.४२६८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा कोहलपुर १५ चौधरिया गाउँका २० वर्षीय अनुप कुमार थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा तीन जना सवार मध्ये दुई जना गम्भीर घाइते भएका छन् । घाइते कोहलपुर १५ कै इसम थारु र जीवन थारुको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।
प्रहरीका अनुसार निर्माणाधीन नालीको कल्भर्टमा मध्यराती मोटरसाइकल ठोक्किएको थियो ।