सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । अबदेखि नेपाल प्रहरीको नायब महानिरीक्षक (डीआईजी) बन्न र प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा भर्ना हुन नेपाल प्रहरीको संशोधन तथा एकीकरण गर्न बनेको विधेयकले छुट्टै व्यवस्था गरेको छ।
प्रहरीतर्फ डीआईजी बन्न पुलिस लिडरसिप एण्ड स्टाफ कोर्ष गर्नुपर्ने नियम अनिवार्य लागू गरेको हो। संसदमा दर्ता भएको प्रहरीसम्बन्धि कानुनलाई परिमार्जित गर्दै बनेको विधेयकले प्रहरी इतिहासमै पहिलोपटक यस्तो व्यवस्था गरिएको हो।
अबदेखि इन्स्पेक्टर र माथिल्लो दर्जामा कार्यरत दर्जाका प्रहरी अधिकृतको नेतृत्व बिकास गर्न नेपाल प्रहरीमा पनि स्टाफ कलेजको व्यवस्था गरिएको छ भने २०८० चैत पहिलो हप्तासम्म र त्यो भन्दा पछि प्रहरी अधिकृतमा खुला भर्ना भएकाहरुले स्टाफ कलेज गर्नैपर्ने भएको हो।
स्टाफ कलेज नगर्ने प्रहरी अधिकृत वरिष्ठ उपरीक्षक (एसएसपी) भन्दा माथिल्लो तहमा पुग्नबाट बन्चित हुने प्रावधान छ। सशस्त्र प्रहरीमा भने यसअघि देखिनै स्टाफ कलेज लागू भइसकेको छ।
त्यस्तै इन्स्पेक्टरमा भर्ना हुन यसअघि २५ वर्षसम्म रहेकोमा अबदेखि २७ वर्षसम्म आवेदन दिन सकिने व्यवस्थाको प्रस्ताव गरिएको छ। नयाँ विधेयकमा खुला प्रतियोगिताबाट पूर्ति हुने इन्स्पेक्टर पदमा २१ वर्ष पूरा भइ २७ वर्ष ननाघेकाले आवेदन दिनसक्ने व्यवस्था गरिएको हो ।
इन्स्पेक्टर भर्नाका लागि यसअघि स्नातक तहको अध्यन तीन वर्ष रहेकोमा अब स्नातक तहको कार्यक्रम ४ वर्ष पुगिसकेको हुँदा इन्स्पेक्टर भर्नाका लागि २१ वर्ष पूरा भएर २७ वर्षसम्मको उमेरहद राखिएको हो।
त्यसैगरि, प्रहरी सहायक निरीक्षक (असई) मा भर्ना हुन १८ वर्ष पूरा भएर २५ वर्ष पार नभएको हुनुपर्ने र प्रहरी जवानतर्फ १८ वर्ष पूरा भएर २३ वर्ष ननाघेको हुनुपर्ने बताइएको छ।