सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । अछामका दुई दिदिबहिनी मृत्युु घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम् प्रदेश प्रहरी कार्यालयको टोली समेत परिचालन भएको छ ।
शनिबार अछामको ढकारी गाउँपालिका-१ छिन्ने जंगलमा ढकारी-८ पल्साताकी १५ वर्षीय सरस्वती खड्का र १४ वर्षीय इशरा खड्का मृत फेला परेको घटना प्रकरणमा अनुसन्धानका लागि सुदूरपश्चिम् प्रदेश प्रहरी कार्यालय टोली खटाएको जानकारी दिएको छ।
शुक्रबार दिउँसो बाख्रा चराउन गएका दिदिबहिनी घर नआएपछि शनिबार दिउँसो शरीरमा चोटपटक लागेको अवस्थामा मृत फेला परेका थिए।
अछाम प्रहरीले मृतक दिदिबहिनीको शवलाई पोष्टमार्टमका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा पठाएको जानकारी दिदै घटनास्थल वरपर तालिमप्राप्त कुकुरको सहायताले अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ।
उक्त घटनामा प्रहरीले दुबै युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ। उनीहरु मृतक किशोरीहरुसँगै बाख्रा चराउउ गएको प्रहरीले जानकारी दिएको छ। अछाम प्रहरीले पक्राउ परेका युवकहरु २० वर्ष मुनीका रहेका कारण परिचय नखुलाइएको जनाएको छ।
प्रहरीले घटनास्थल माथि ढुङ्गाको ठुलो भीर रहेकाले ढुङ्गा खसेर उनीहरुको मृत्यु भएको हुन सक्ने बताए पनि मृतकका आफन्तले घटना शंकास्पद रहेको भन्दै सही ढंगले अनुसन्धान हुनुपर्ने माग गरेका छन् । सुदूरपश्चिम् प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय अछामको टोलीले उक्त घटनाको विस्तृत अनुसन्धानमा जुटेको बताइएको छ।