कसैले बिलौना गर्दैमा यो सरकार ढल्दैन्: प्रधानमन्त्री ओली

सोमबार, माघ १४, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास गर्नु ख्यालठट्टाको कुरा नभएको बताएका छन् । आज भक्तपुरको सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुक आर्थिक र सामाजिक रूपमा अप्ठ्यारोमा परेको कारण संसद्का दुई ठूला दल मिलेर सरकार बनेको सुनाए । 

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको स@रकारले मुलुकको आर्थिक ढुकुटी रित्याउने काम गरेको आरोप लगाए । उनले सबै मूलकमा ऋण बढ्दै गएको तर आयको सबै बाटोहरू बन्द भएको कारण वर्तमान सरकार गठन भएको जिकिर गरे । उनले केही अराजक तत्त्वहरूले तमासा गरिरहेको उल्लेख गर्दै मिडियाबाजीले राजनीति नहुने बताए । मुलुकलाई स्थिरता र स्थायित्वको बाटोमा लैजान वर्तमान सरकार बनेको दोहोर्‍याउँदै उनले कसैले बिलौना गर्दैमा सरकार नढल्ने बताए । संसद्का दुई ठूला दल मिलेर मिलेर पनि मुलुकको विकास गर्न नसके मुलुकमा अर्को विकल्प नरहेको उल्लेख गर्दै उनले त्यसपछिको जनताको निराशा भयानक हुने बताए । 

प्रधानमन्त्री ओलीले भने, ‘२०४६ सालको बहुदलीय व्यवस्था भएपछि मुलुकको विकास किन भएन रु गर्ने खालको पार्टी सरकारमा भयो भने देशको विकास हुन्छ नत्र हुँदैन । एकदम सही हो त्यो । तपाईँहरू एकदम ढुक्क किन हुनुहुन्छ अहिले ?अस्ति तीन वर्ष पनि सरकार थियो । अबको तीन वर्ष पनि सरकार जान्छ, के भयो र ?त्यस्तो होइन । अस्ति तीन वर्षको सरकारले मुलुकलाई रषातलमा पुर्‍यायो । ढुकुटी रित्यायो । तिर्नुपर्ने ठाउँ सबै बाँकी आउनुपर्ने ठाउँ कतै पनि छैन । त्यस्तो बनायो । अहिले नेपाली काँग्रेस र नेकपा एमाले दुई वटा प्रतिस्पर्धी भनेर भनिएका पार्टीहरू किन मिलेर जानुपर्‍यो । यसकारण कि देश साँच्ची अप्ठ्यारोमा पर्‍यो । देशै रहन्छ कि रहँदैन, प्रणाली नै रहन्छ कि रहँदैन भन्ने स्थितिमा देश पुगिसक्यो । अनि अनेकथरि तत्त्वहरू यो देशमा तमासा गरेजस्तो भयो । यताबाट फुत्किएर एउटा झिल्केले चटकबाजी देखाउँछ, के–के भन्छ ? उफ्रिन्छ । मिडियाबाजी गर्छ, अनेक गर्छ । अर्कोतिरबाट अर्को निस्किन्छ । उ पनि त्यस्तै गर्छ । देश बनाउनु कुनै ख्यालठट्टाको कुरा हो र रु मजाकको कुरा हो र रु किन नेकपा एमाले र कांग्रेस एक ठाउँमा बस्नुपर्‍यो भने देश र लोकतन्त्रलाई अप्ठ्यारोबाट मुक्त गर्दै लोकतन्त्रलाई सुदृढ बनाउन गठन भएको हो । सबैले सुन्ने गरी भन्छु । आजै ढल्छ, भोलि बिहान ढलेको हुन्छ भन्ने छाती पिटाई र कपाल लुछाईको केही अर्थ छैन । सरकार ढल्छ भनेर आफ्नै छाती र कपाल लुछाई गर्ने बिलौनाको केही अर्थ छैन । झन्डै दुई तिहाइका दुई पार्टीले सङ्कल्प गरेका छन् । अब देशलाई यस प्रकारको खेलबाडबाट गुज्रन दिन सकिँदैन । अब देशलाई स्थायित्व र स्थिरता दिएर बलियो र विकसित बनाउने प्रतिबद्धता गरेका छौँ । यदि कांग्रेस र एमाले मिलेर बनेको सरकारले पनि मुलुकको विकास गर्न सकेन भने अनि विकल्प कहाँ रह्यो । त्यसपछिको निराशा भयानक हुन्छ ।’

प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  २१:५७
प्रतिक्रिया दिनुहोस्