सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकामा नवनिर्वाचित नेपाल निजामती कर्मचारी युनियन कार्यसमितिको पदस्थापन तथा प्रमाणपत्र वितरण कार्यक्रम आज सम्पन्न भएको छ ।
कर्मचारी युनियनका अध्यक्ष भरत महतोको अध्यक्षता एवम् नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलको प्रमुख आतिथ्यतामा नरैनापुरमा सम्पन्न कार्यक्रममा कांग्रेस बाँकेका सचिव सुधांशु कोइराला, कांग्रेस महासमिति सदस्य एवम् कोहलपुर नगरपालिकाका प्रमुख पुर्ण प्रसाद आचार्य, नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाह, वडा अध्यक्षहरु ईशाक जोलाह, मनोज शर्मा, कृष्णचन्द्र मौर्य, प्रेमचन्द्र मौर्य, निजामती युनियन बाँके जिल्ला सचिव पवन बुढा, जिल्ला सदस्य शोभा राना लगायतको उपस्थिति थियो ।
प्रमुख अतिथि गौडेलले कर्मचारीको हकहितका पक्षमा नयाँ कार्यसमिति सक्षम हुने विश्वास ब्यक्त गर्दै सेवा प्रवाह र कार्यसम्पादनमा उत्कृष्टता हासिल गर्न शुभकामना दिए । गौडेलले कर्मचारीहरुलाई सदाचार र सामाजिक उत्तरदायित्व बहन गरेर नागरिकमैत्री बन्न आग्रह समेत गरे ।
कार्यक्रममा उपाध्यक्ष मुकद्दर अलि मुकेरीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने सञ्चालन सचिव मकबुल अहमद मुकेरीले गरेका थिए । करीब एक सय जना कर्मचारी सहभागी कार्यक्रममा सदस्यता तथा प्रमाणपत्र वितरणसंगै उपस्थित सबैलाई खादाले स्वागत र सम्मान गरिएको थियो ।