सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । वर्तमान समयमा नेपाल प्रहरीका नक्कली उच्च अधिकृत बनेर आमजनमानसमा धम्की र चेतावनी दिने क्रम ह्वात्तै बढ्दै गएको छ।
प्रहरी संगठनकै अधिकृतहरुको नाम दुरुपयोग गरेर केही समूहका व्यक्तिहरुले धम्की दिने गरेको गुनासो धेरै आइरहेको प्रहरी प्रधान कार्यालय जानकारी दिएको छ।
अहिलेको समयमा प्रहरीतर्फका विभिन्न कार्यालय र उच्च अधिकृतहरुकै नाम र पद प्रयोग गरेर धेरै चेतावनीसहितको धम्की आएको गुनासो र जानकारी सर्वसाधारण नागरिकले दिदै आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार ती व्यक्तिहरुले उच्च प्रहरी अधिकृतहरुको नामबाट धेरैजसो धम्कीसहितको इमेल आइरहदा प्रहरीले त्यस्ता इमेलहरुको बारेमा अनुसन्धान सुरु गरिसकेको जनाएको छ।
त्यस्ता कार्यको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रहरी प्रधान कार्यालयले कुनै पनि धम्कीसहितका इमेललाई विश्वास नगर्न र कुनै रिप्लाई नदिन सार्वजनिक अपिल गर्दै सम्बन्धित सबैलाई सचेत गराएको छ।
त्यस्ता इमेल आइहाले तुरुन्तै नजिकको प्रहरी कार्यालय अथवा नेपाल प्रहरीको साइबर ब्यूरोमा जानकारी गराउन सबैमा प्रहरी प्रधान कार्यालयले बताएको छ।