अत्यधिक चिसोले बढेपछि नेपालगञ्जका विद्यालयमा ३ दिन बिदा

मंगलबार, माघ ८, २०८१

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयहरुमा जाडो विदा दिएको छ ।

चिसो अत्याधिक बढेपछि भोलिदेखि तीन दिन नगरभित्रका सम्पूर्ण विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय गरिएको शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख गोर्ख बहादुर थापाले बताए । 

चिसोसंगै शीतलहर पनि चलेकाले पठनपाठनमा समस्या देखिनुका साथै बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखेर नगर प्रमुखको आदेश अनुसार माघ ९ गतेदेखि ११ गतेसम्म तीन दिन नगरका सम्पूर्ण विद्यालयमा बिदा दिइएको थापाले बताए ।

केही दिन यता बाँकेमा निरन्तर शीतलहर चलेर जनजीवन निकै प्रभावित भएको छ । चिसोले नागरिकको दैनिकी कष्टकर बनेको छ । 

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  २२:५६
प्रतिक्रिया दिनुहोस्