कपिलवस्तुका सीमाबासी स्थानीयलाई सशस्त्र प्रहरीले जडान गर्‍यो खानेपानीको धारा

मंगलबार, माघ ८, २०८१

कपिलवस्तु । कपिलवस्तुको सीमावर्ती भेगमा सशस्त्र प्रहरीले 'द्रुत प्रभावकारी योजना' अन्तर्गत सर्वसाधारणका लागि शुद्ध खानी पानीको धारा निर्माण गरेको छ। 

जिल्लास्थित  कृष्णनगर नगरपालिका-६ बिओपी भिल्मी परिसर बाहिर  निर्माण गरिएको शुद्ध  खानेपानीको धाराको उद्घाटन गर्दै सशस्त्र प्रहरी बल नं.२८ गण कपिलवस्तुका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) रामजङ पाण्डेले  सीमावासी सर्वसाधारण स्थानीयका लागि शुद्ध पिउने पानीको पहुँच उपलब्ध गराउने उदेश्यका साथ सशस्त्र प्रहरीको सहयोगमा धारा निर्माण गरिएको बताए।

एसपी पाण्डेले भने- "त्यहाँको बिओपी र स्थानीयवासीले पानीको सदुपयोग गर्दै समुदायको स्वास्थ्य र जीवनस्तर सुधार्न यस धाराको निर्माणले महत्त्वपूर्ण योगदान गर्ने विश्वास छ।" त्यस्तै यसले ग्रामीण क्षेत्रको विकासमा सशस्त्र प्रहरी बलको सक्रियता र जनसेवाप्रतिको प्रतिबद्धतालाई समेत उजागर गर्ने आशा लिएको एसपी पाण्डेले बताए।

आफ्नै घर आँगन नजिक शुद्द पिउने पानीको अभाव टार्न सशस्त्र प्रहरीले पानीको धारा जडान गरिदिएपछि स्थानीयबासीहरुले  सशस्त्र प्रहरीको उक्त योगदानका लागि विशेष आभार प्रकट गरेका छन् भने निर्माण भएको उक्त धाराले स्थानीयहरुको दैनिक जीवनमा सकारात्मक प्रभाव पार्ने उनीहरुले विश्वास लिएको बताएका हुन् । 

धारा उद्घाटन कार्यक्रममा कृष्णनगर नगरपालिका-६ का वडाध्यक्ष जावेद आलम खाँ र महाराजगन्ज नगरपालिका-७ का अध्यक्ष रामरुप बढाईले पनि शुद्ध खानेपानीको अभावको अवस्थामा सशस्त्र प्रहरी कपिलवस्तुले पानीको धारा जडान गरिदिएर ठुलो सहयोग गरेको बताएका थिए।

आज भएको धारा उद्घाटनआ सशस्त्र प्रहरीका अधिकृतहरु, जनप्रतिनिधि, समाजसेवी लगायत सयौं स्थानीयहरुको उपस्थिति रहेको थियो भने कार्यक्रम सन्चालन सशस्त्र प्रहरी नायब निरीक्षक बिर्ख बहादुर भण्डारीले गरेको सशस्त्र प्रहरी बल नं.२८ कपिलवस्तुले जानकारी दिएको छ।

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  २०:५४
प्रतिक्रिया दिनुहोस्