यी स्थानमा भारी वर्षा

बुधबार, साउन १७, २०८०

काठमाडौं ।जल तथा मौसम विज्ञान विभागले आज देशभर आंशिक देखि सामान्य बदली रहने जनाएको छ।

विभागका अनुसार आज बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

हाल देशभर आंशिक देखि सामान्य बदली रही चार प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  ०८:१५
प्रतिक्रिया दिनुहोस्