सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं। जिल्ला अदालत काठमाडौं परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने गृहमन्त्री रमेश लेखकले बताएका छन् ।
अधिवक्ता त्रिपाठीमाथि घटना दुःखद भएको भन्दै गृहमन्त्री लेखकले घटनामा संलग्न जोसुकैलाई कारबाही गर्ने जानकारी दिएका हुन्।
आज सभापति देउवा निवासमा भएको बैठकबाट बाहिरिने क्रममा उनले सो कुरा बताएका हुन् ।
गृहमन्त्री लेखकले भने- ‘यो देशमा लोकतन्त्र छ । मानिसले आफ्नो व्यवसाय गर्न पाउँछ । त्यसमा बाधा व्यवधान गर्ने र कानुन विपरीत काम गर्ने जो सुकैलाई कारबाही हुन्छ।' हिजो यो गलत काम भएको छ र यस्तो अराजकता गर्ने जुनसुकै पार्टीका मानिस भए पनि कारबाही हुने गृहमन्त्री लेखकले बताए।