कांग्रेस संसदीय दल र मन्त्रीहरुको संयुक्त बैठक बुढानिलकण्ठमा

बिहीबार, माघ ३, २०८१

काठमाडौँ । नेपाली कांग्रेस गम्भीर छलफलमा जुटेको छ । कांग्रेसको संसदीय दल कार्यसमिति र कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरू संयुक्त रुपमा सभापति निवास बुढानीलकण्ठमा छलफलमा जुट्ने भएका हुन् ।

सभापति शेरबहादुर देउवाको आह्वानमा संसदीय दलको कार्यसमिति र पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूको संयुक्त बैठक बस्न लागेको हो ।

संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेका अनुसार बैठक बिहान ८ बजे बस्नेछ । सो क्रममा बैठकमा दलबाट केपी शर्मा ओली नेतृत्वको सरकारमा प्रतिनिधित्व गरेका पार्टीका मन्त्रीको पनि ब्रिफिङ सुन्ने तयारी छ ।

सो बैठकमा ओली सरकारमा प्रतिनिधित्व गर्ने १२ जना मन्त्री–राज्य मन्त्रीको उपस्थिति रहनेछ भने दलका कार्यसमितिमा रहेका महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला, प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशिला थिङ सहभागी हुने जनाइएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ ३, २०८१  ०८:०१
प्रतिक्रिया दिनुहोस्