सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
बर्दिया । बर्दियाको बकुवामा बाघको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ।
जिल्लास्थित ठाकुरबाबा नगरपालिका-७ की ५० वर्षीया पदमकला थापाको बाघको आक्रमणमा मृत्यु भएको जिल्ला प्रहरी बर्दियाले जानकारी दिएको छ।
प्रहरीका अनुसार ठाकुरबाबा नगरपालिका-६ स्थित बकुवा सामुदायिक वनमा बाख्रा चराउन गएका बेला थापा बाघको आक्रमणमा परेको परेकी हुन् ।
बाघको आक्रमणमा परेको खबर पाए लगत्तै खोजतलासमा गएको प्रहरीले आज दिउँसो साढे १ बजे थापालाई जङ्गलभित्र बाघले मारेको अवस्थामा फेला पारेको जनाएको छ।