सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। जलस्रोत तथा सिंचाइ विभागका पूर्व इन्जिनियर विष्णु कुमार श्रेष्ठविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ।
२०४६ सालमा सरकारी सेवामा प्रवेश गरेका इन्जिनियर श्रेष्ठले २०७७ सालको आर्थिकमसान्तसम्ममा गैर कानुनी रुपले रकम आर्जन गरेको अख्तियारले ठहर गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको जानकारी दिएको छ।
इन्जिनियर श्रेष्ठले उक्त अवधिमा ११ करोड २५ लाख रुपैयाँ आर्जन गर्दा १६ करोड १३ लाख रुपैयाँको सम्पत्ति फेला परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
इन्जिनियर श्रेष्ठले भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले उनीविरुद्ध ४ करोड ८८ लाख रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।
श्रेष्ठको परिवारका सदस्यहरुलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ। परिवारका सदस्यहरु मध्ये इन्जिनियर पत्नी लक्ष्मी कुमारी श्रेष्ठ, बुवा हरिकुमार श्रेष्ठ ,आमा इन्द्रकुमारी श्रेष्ठ र छोरा विवेकका नाम उनले सम्पत्ति राखेको राखेको अख्तियारको अनुसन्धानमा फेला परेपछि उनीहरुलाई पनि प्रतिवादी बनाइएको हो।
इन्जिनियर श्रेष्ठ जागिरको धेरै समय सिंचाइ तथा जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयमा बसेका थिए।