डुडुवाको १७ औं गाउँ सभामा अर्धवार्षिक समिक्षा र बजेट संशोधन

शनिबार, पुस २७, २०८१

बाँके बाँकेको डुडुवा गाउँपालिकाले १७औँ गाउँसभा गरेको छ । डुडुवा गाउँपालिकाको वनकट्टीस्थित गाउँपालिका कार्यालयमा आज बसेको गाउँसभाले अर्धवार्षिक प्रगति समिक्षा र बजेट तथा कार्यक्रम संशोधन गरेको छ ।

सभामा अध्यक्ष नरेन्द्रकुमार चौधरीले अर्धवार्षिक प्रगति र चालू आर्थिक वर्षको संशोधन बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए । गाउँपालिकाले बेतहनी स्वास्थ्य चौकीमा निर्माण गरिएको नयाँ भवनबाट विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालन, हिरिमिनियामा निर्माणाधिन कोल्ड स्टोर सञ्चालन, वडा नम्बर २ स्थित बीउ भण्डारण केन्द्रको सञ्चालन गरिने अध्यक्ष चौधरीले बताए । गाउँपालिकामा सञ्चालित अन्य कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै निरन्तरता दिने उनले बताए ।

उक्त सभामा सेवा निवृत्त कर्मचारीहरु धनबहादुर बुढा, नरेश काँदु, शेरबहादुर केसी र जोगीसिंह शिखलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरी विदाई गरिएको थियो ।

सभामा उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरु पटेश्वर कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, सगिर खाँ लगायतले योजना तथा कार्यक्रमका बारेमा बोलेको प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  २२:३९
प्रतिक्रिया दिनुहोस्