राप्तीसोनारीको धामपुरमा माघी मिलन.......

शनिबार, पुस २७, २०८१

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ धामपुरमा थारु कल्याणकारिणी सभा बाँकेले आज थारु सम्बत २६४८ को माघ मिलन कार्यक्रम सम्पन्न गरेको छ।

थारु कल्याणकारिणी सभा बाँकेकी अध्यक्ष संगिता चौधरीको अध्यक्षतामा भएको माघ मिलन कार्यक्रमको प्रमुख अतिथि लुम्बिनी प्रदेशसभा सदस्य दुर्गा प्रसाद चौधरीले थारु परम्परा अनुसार भुइँमा जल र रक्सी चढाएर उद्घाटन गरेका थिए ।

कार्यक्रममा माघीमा नाचिने विभिन्न परम्परागत नृत्यहरु प्रस्तुत गरिएको छ । राप्तीसोनारी गाउँपालिका अन्तर्गतका विभिन्न गाउँ टोलका परम्परात थारु नाच देखाइनुका साथै विभिन्न कलाकारहरुले प्रस्तुति समेत दिएका थिए । त्यस अवसरमा थारु कला एवम् संस्कृतिको संरक्षण र सम्बद्र्धनका साथै थारु समुदायको हक(अधिकार तथा समग्र समुदायको उत्थानका लागि योगदान गरेको भन्दै थुप्रै बड्घर, समाजसेवी, थारु अगुवा लगायत व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । थारु कल्याणकारिणी सभा राप्तीसोनारीको सह(आयोजनामा सम्पन्न माघ मिलन कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँके शाखाका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरुलाई समेत सम्मान गरिएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि थारु, लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी नमुना, संविधानसभा सदस्य पट्टु थारु, नेपाली कांग्रेस बाँकेका कोषाध्यक्ष यज्ञ बहादुर बस्नेत, एमाले बाँकेका सचिव बलराम भट्टराई, राप्तीसोनारी गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारु, राप्तीसोनारी गाउँपालिकाका निवर्तमान अध्यक्ष लाहुराम थारु, राप्तीसोनारी ७ का वडा अध्यक्ष रामलखन थारु, आदिवासी जनजाती महासंघ बाँकेका अध्यक्ष डम्बर बहादुर थापा मगर, थारु कल्याणकारिणी सभा बाँकेका निवर्तमान अध्यक्ष विनोद कुमार थारु, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी लगायतले माघीको सामाजिक सांस्कृतिक महत्वको चर्चा गर्दै माघीको शुभकामना दिएका थिए ।

थारु कल्याणकारिणी सभा बाँकेकी सचिव विष्णु चौधरी र सदस्य कालुराम चौधरीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष उषा चौधरीले स्वागत मन्तब्य ब्यक्त गरेकी थिइन् । 

प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  २१:२७
प्रतिक्रिया दिनुहोस्