अख्तियारमै घुस दिन पुगेका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा दायर

बिहीबार, पुस २५, २०८१

काठमाडौं । घुस बोकेर अख्तियारको कार्यालय पुगेक नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरको कार्यालयमा नै घुस रकम लिएर पुगेका नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धुर्व प्रसाद सापकोटाविरुद्ध  भ्रष्टाचार मुद्दा  दायर भएको हो।

सापकोटा गत २८ मंसिरमा कञ्चनपुरस्थित अख्तियारकै कार्यालयमा १ लाख घुससहित पक्राउ परेका थिए ।
घुस रकम बोकेर पुगेका सापकोटाले अनुसन्धान अधिकृतसँग सापकोटाले आफ्नो स्वेच्छाले नै ल्याएको जवाफ दिएका थिए । लगत्तै सोही दिन उनलाई पक्राउ गरिएको थियो ।

अछामको मल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा हुँदा उनले मेसिनरी सामान खरिदमा घुस लिएको आरोप छ ।

सापकोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको हो ।

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १७:३१
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह