सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
तुलसीपुर । प्रहरीले दाङको घोराहीबाट करिब २५ किलो चरेशसहित तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी दाङका अनुसार पक्राउ पर्नेमा प्यूठानको स्वर्गद्धारी नगरपालिका-२ का ३९ बर्षीय निमबहादुर आले र नौंबहिनी गाउँपालिका-२ की २१ बर्षीया देउकली बुढा मगर छन् । रोल्पाको त्रिवेणी गाउँपालिका- ७ का २९ बर्षीय प्रकाश घर्ती मगर रहेक छन् ।
प्रहरीले चरेशको अवैद्य ओसार पसार र बिक्रीमा लागेको आशंका गरिएकी रोल्पाकी एक महिलाको खोजी भइरहेको जनाएको छ। घोराही उपमहागरपालिका-१३ सिर्जनशिल टोलस्थित स्थानीय कुलबहादुर बस्नेतको घरको तल्लो फ्लाइटको खान तलासी गर्ने क्रममा २४ केजी ७९० ग्राम चरे बरामद भएको हो ।
त्यहीँ घरमा प्यूठानका निमबहादुर आले र देउकली बुढा मगर भाडामा बस्दै आएको प्रहरीले जानकारी दिएको छ । उनीहरुले संयुक्त रुपमा प्रयोग गर्दै आएको भान्सा कोठा भित्र प्लाष्टिकको ड्रममा प्लाष्टिकका बिभिन्न पोकाहरु बनाइ राखेको अवस्थामा २४ किलो ७९० ग्राम चरेश बरामद भएको थियो ।
रोल्पाका प्रकाश भने छुट्टै ठाउँमा कोठा भाडामा बस्दै आएको खुलेको छ । पक्राउ परेकाहरु आपसमा नातासम्बन्ध पर्ने ब्यक्तिहरु रहेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङबाट बुधबार बेलुका ७ बजेतिर उनीहरुको कोठा खानतलासी गर्दा प्रतिबन्धित चरेश बरामद भएको जानकारी दिएको छ भने पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।