सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) बाँकेले आज (बुधबार) प्याब्सनको ३४औं स्थापना दिवस धुमधामका साथ मनाइरहेको छ ।
जेनिथ इंग्लिश सेकेण्डरी बोर्डिंग स्कुल खजुरामा स्थापना दिवसका अवसरमा भब्य कार्यक्रमको सुरु गरिएको जिल्ला अध्यक्ष विकास बज्राचार्यले बताए । स्थापना दिवसमा शिक्षक सम्मान कार्यक्रम पनि राखिएको छ । प्याब्सनले पठनपाठन बन्द गरी सम्पूर्ण शिक्षक कर्मचारीहरुलाई स्कुल पोशाकसहित कार्यक्रममा उपस्थित गराएको छ।
औपचारिक कार्यक्रम पूर्व खजुरामा प्रभातफेरि पनि गरिएको छ। अध्यक्ष बज्राचार्यका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाका विद्यालयहरु खजुरा बजार पूर्वबाट र अन्य पालिकाका विद्यालयहरु पश्चिम (इलाका प्रहरी कार्यालय धनौली चोक) बाट प्रभातफेरिमा सहभागी भएका छन् । स्थापना दिवस कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्यजय तिमिल्सिना प्रमुख अतिथिका रुपमा निम्त्याइएको छ।
अतिथिका रुपमा प्रदेशसभा सदस्य बादशाह कुर्मीलाई पनि आमन्त्रण गरिएको छ । त्यस्तै ८ वटै पालिका प्रमुख, शिक्षा शाखा प्रमुख, शिक्षा विकास समन्वय इकाई प्रमुख लगायत विभिन्न पेशागत संघसंगठनका अध्यक्ष तथा प्रमुखहरुलाई अतिथिका रुपमा बोलाइएको बज्राचार्यले बताए ।
अहिले कार्यक्रम धुमधामले मनाइरहेको अध्यक्ष बज्राचार्यले जानकारी दिएका छन् ।