काठमाडौंमा शक्तिशाली भूकम्पको धक्का

मंगलबार, पुस २३, २०८१

काठमाडौँ । चीनलाई केन्द्रविन्दु बनाएर गएको ७.१ रेक्टरको भूकम्पले काठमाडौँसहित देश नै हल्लाएको छ।  आज बिहान ६ बजेर ५० मिनेटमा गएको शक्तिशाली भूकम्पले  चीन, नेपाल, भारत र बंगलादेश लाई नै हल्लाएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रले बिहान चीन केन्द्रबिन्दु भएर उक्त शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो। 

बिहान गएको भूकम्पले लामो समयसम्म हल्लाएको थियो ।

पछिल्लो समय देशका विभिन्न भागमा केन्द्रविन्दू रहेर भूकम्प गएको भए पनि यो भूकम्प बढी रेक्टर स्केलको भएकाले क्षति पनि बढी नै हुन सक्ने अनुमान गरिएको छ ।

 

 

प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  ०७:०४
प्रतिक्रिया दिनुहोस्