सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा जारी पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेका पक्षधर वकिलहरुले थुनछेक बहस शुरू गरेका छन् ।
सोमबारदेखि लामिछानेका तर्फबाट बहस शुरू भएको हो । सो सहकारी ठगीमा संलग्न भएको आरोपमा रवि गत कार्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा रहेका छन् ।
रविको पक्षबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, हरि सुवेदी, डा नारायण घिमिरे, रमण श्रेष्ठ, सुरेन्द्र थापा मगर लगायतका अधिवक्ताले बहस गर्दैछन् ।
शुक्रबारदेखि प्रतिवादीका तर्फबाट बहस शुरू भए पनि यसअघि गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक पूर्व डीआईजी छविलाल जोशी र लीला पछाईका कानून व्यवसायीले बहस गरेका थिए ।
रविविरुद्ध काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीमासमेत मुद्दा परेको छ । उनीमाथि पाँच करोड भन्दा बढी रुपैयाँ ठगेको आरोप छ ।