प्रधानमन्त्री निवास अगाडि डोजर तेर्स्याएर विरोध प्रदर्शन

मंगलबार, साउन १६, २०८०

काठमाडौं । प्रधानमन्त्री निवास  अगाडि निर्माण व्यवसायीहरूले डोजर तेर्स्याएर विरोध प्रदर्शन गरेका छन् । 

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भई निर्माण व्यवसायीहरूले डोजर र अन्य निर्माण यन्त्रहरू सडकमा राखेर विरोध प्रदर्शन गरेका हुन् । 

विरोध प्रदर्शन कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले निर्माण उद्योगमा भएका समस्यालाई चाँडो सम्बोधन गरी देश निर्माणका संवाहक निर्माण व्यवसायीहरूलाई चाँडै काममा फर्काउने वातावरण सरकारले बनाउनुपर्ने बताए । 

 

 

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १३:१२
प्रतिक्रिया दिनुहोस्