तमु समाज बेल्जियमद्धारा तमु ल्होसार कार्यक्रम आयोजान

शुक्रबार, पुस १९, २०८१

लुभेन, बेल्जियम  “अधिकार सहितको पहिचान–सम्पूर्ण तमुहरुको साझा अभियान” भन्ने मुल नाराका साथ सन् २००० मा स्थापित तमु समाज बेल्जियमले २६०९ औ तमु ल्होसार तथा सप्री ल्हो (सर्प बर्ग) को आगमन पर्वलाई सोमबार लुभेनमा धुमधामका साथ मनाएको छ ।

कार्यक्रमको शुरुवात समाजका अध्यक्ष होम गुरुङ लगायत संस्थापक, जेष्ठ नागरिकहरुअद्धारा पुजा अचर्ना तथा प्रमुख अतिथि बेल्जियमका लागि कार्यवाहक नेपाली राजदुत रुस कार्की र अन्य अतिथिहरुद्धारा दीप प्रज्वलन गरी औपचारिक रुपमा उद्घाटन गरिएको थियो । 

त्यसपछि नेपाली र तमु राष्ट्रीय गीत बजाईएको थियो भने अतिथि तथा आमन्त्रितहरुका नृत्यबाट सबैलाई स्वागत गरिएको थियो । 

कार्यक्रमका प्रमुख अतिथी बेल्जियमका लागि नेपाली कार्यबाहक राजदुत रुस कार्की, बिशिष्ट अतिथी एनआरएनए बेल्जियम अध्यक्ष सीता सापकोटा, नेपाल आदिबासी जनजाती महसंघ बेल्जियमका अध्यक्ष बीरमान घर्ति मगर, तमु समाज हेम्वर्ग जर्मनीका सचिब अस्विन तमु लगायत ल्होसारको शुभकामना दिएका थिए ।

संस्थापक अध्यक्ष मीन गुरुङ र पूर्व अध्यक्ष प्रबिना गुरुङ तथा ल्होसार कार्यक्रमका संयोजक ओमप्रसाद गुरुङले अतिथीहरुलाई स्वागत गर्दै तमु समाज बेल्जियमका सम्पन्न गरेका गतिविधि बारे जानकारी गराएका थिए ।

कार्यक्रम यस बर्ष बिभिन्न विश्व बिद्यालयबाट उच्च शिक्षा हासिल गर्न सफल भएका तमु विद्यार्थी तथा ए डिभिजन क्लबमा आबद्ध खेलाडीहरुलाई कदर तथा सम्मान पत्र प्रदान गरिएको थियो । 

त्यसैगरी आमा समुहको तर्फबाट तमु जेष्ठ नागरिकहरुलाई सम्मान तथा स्वागत गरिएको थियो ।

छात्रबृत्ति कोषका संयोजक ओमराज गुरुङका अनुसार समाजले हालसम्म १६ जना नेपाली बिद्यालय स्तरमा अध्ययनरत छात्रछात्राहरुलाई छात्रबृति प्रदान गरिएको जानकारी दिए । 

समाजले नेपालमा छात्रबृत्तिका लागि २२ लाख ५० हजारको अक्षय कोष स्थापना गरेको छ भने उक्त कोषबाट प्राप्त व्याजबाट नेपालका गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्दै आएको छ ।   

कार्यक्रममा गुरुङ भाषाका गीत तथा नृत्यहरु प्रस्तुत गर्नुका साथै भने बेल्जियमका चर्चित कलाकार लाहुरे कान्छा र नेपालबाट आमन्त्रित लोकप्रिय गायक मिलन लामाले धमाकादार प्रस्तुति दिदै उपस्थित सबैलाई मनोरंजन प्रदान गर्नुका साथै छमछमि नचाएका थिए । 

विगत केही बर्ष अघिबाट तमु धिं र तमु समाजले बेग्लाबेग्लै ल्होसार मनादै आएकोमा यसै बर्ष दुबै संस्था बिच एकता भएर एउटै कार्यसमिति र संस्था बनाइएको थियो । जसका कारण बेल्जियमका विभिन्न स्थानमा रहेका गुरुङ समुदाय एकै स्थानमा भेला भएर यो पर्व मनाउदा  कार्यक्रम स्थलमा खचाखच भरिएको थियो । 

मौलिक पहिरनमा सजिएर आएका गुरुङ कलाकारको नृत्य, गायन र अन्य विविध साँस्कृतिक मान्यतामा आधारित रिवाज मनाउदा समुदायको नयाँ पुस्ता र अन्य संघसंस्थाका प्रतिनिधिहरुलाई गुरुङ सभ्यताबारे धेरै कुरा सिक्ने अबसर मिलेको कार्यक्रममा सहभागिहरुले बताएका छन ।

कार्यक्रममा लक्जेम्बर्ग, नेदरल्याण्ड, पोर्चुगल, फ्रान्स, स्पेन, जर्मनी, बेलायत लगायतका देशबाट समेत अतिथिहरुको आएका थिए । 

तमु समाज बेल्जियमका अध्यक्ष एबम कार्यक्रमका सभापति होम गुरूंङले सहभागि र सहयोगी सबैलाई धन्यवाद दिएका थिए भने सांस्कृतिक कार्यक्रमको संचालन रिचा गुरुङ र प्रियंका गुरुङले गरेका थिए । 

कार्यक्रममा नृत्य तथा गीत प्रस्तुत गरेका ससाना भाई बहिनीहरुलाई सस्थाका अध्यक्ष होम गुरुङले नगद रकमका साथ सम्मान गरेका थिए ।

तमु समाज बेल्जियम, बेल्जियममा स्थापना भएका विभिन्न संघसंस्थाहरु मध्ये पुरानो संस्था हो । यो संस्थाले बार्षिक रुपमा तमु ल्होसार लगायत बुद्ध जयन्ती, ग्रीष्म कालिन कार्यक्रम, चेलिबेटीहरुका लागि भोज तथा सम्मान र प्रथम तथा दोश्रो विश्वयुद्धमा शहादत प्राप्त गर्ने नेपालीको सम्झनामा इप्परमा श्रद्धाञ्जली सभा आयोजना गर्दै आएको छ ।  

कार्यक्रम बिदेशी नागरिक लगायत विभिन्न सामाजिक संघसंस्थाहरुका अध्यक्ष तथा प्रतिनिधि र नेपालीहरुको निकै बाक्लो उपस्थिति रहेको थियो ।      

प्रकाशित मिति: शुक्रबार, पुस १९, २०८१  ११:४२
प्रतिक्रिया दिनुहोस्