सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं ।नेपाल प्रहरी दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएका छन् ।
डीआईजी कुबेर कडायत र रवीन्द्र केसीलाई सरकारले एआईजी बढुवाका लागि सिफारिस गरेको हो। रिक्त दुई एआईजी पदका लागि बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो।
एआईजी किरण बज्राचार्य र भरत बहादुर बोहरा अवकाश गएसँगै दुई एआईजीको दरबन्दी रिक्त रहेको थियो।
चार जना डीआईजीहरु एआईजी बढुवा प्रतिस्पर्धामा रहेपनि सरकारले कडायत र केसीलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको हो।