१५ हजार बालबालिकाको नि:शुल्क पोषण जाँच गर्दै तुलसीपुर उपमहानगरपालिका

बुधबार, पुस १७, २०८१

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकले  १५ हजार बालबबालिकाको पोषण अवस्थाको नि:शुल्क जाँच गर्न सुरु गरेको छ ।

उपमहानगरपालिकाले बेससँगको सहकार्यमा १९ वटै वडामा रहेका ६ महिनादेखी ५९ महिनासम्मका १५ हजार बालबालिकाको शरीरमा भएको पोषण अवस्था जाँच गरिने अभियान सुरु गरिएको स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार पौष्टिक आहारा कमी भएका बालबालिकालाई उपमहानगरले उपचार गर्ने छ ।

पोषण जाँचको एक समारोहका बीच आज वडा नम्वर १० बाट सुरु गरिएको छ । उक्त समारोहलाई सम्बोधन गर्दै तुलसीपुरका नगर प्रमुख टिकाराम खड्काले शारीरिक र मानसिक रुपमा बालबालिकालाई स्वस्थ राख्न पौष्टिक आहारा कमी गर्न नहुने बताए ।

पौष्टिक आहारा कमी भए कुपोषण लगाएतका प्राण घातक रोगले आक्रमण गर्ने भन्दै नगर प्रमुख खड्काले सम्भावित खतराको पहिचान गर्न पोषण जाँच गर्न थालिएको बताए ।

वडाध्यक्ष यमराज केसीको अध्यक्षतामा भएको कार्यक्रम तुलसीपुर उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र डाँगी,स्वास्थ्य शाखाका पौष्टिक फोकल पर्सन विमल केसी लगाएतकाले पौष्टिक सचेतनाका बिषयमा बोलेका थिए ।

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १९:०२
प्रतिक्रिया दिनुहोस्