महेन्द्र बहुमुखीमा नेविसंघले वितरण गर्‍यो सदस्यता

बुधबार, पुस १७, २०८१

नेपालगन्ज महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सदस्यता बितरण गरेको छ ।

अधिबेशनको प्रारम्भिक चरणको रुपमा राष्ट्रव्यापी सदस्यता वितरण तथा सुझाव संकलन अभियान सुचारु गरेको नेविसंघले जनाएको छ । 

विभिन्न शैक्षिक, सामाजिक, राजनीतिक व्यवस्था परिवर्तनको अगुवा विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको १२औं महाधिबेशनको प्रारम्भिक चरणको सदस्यता बितरण र सुझाव संकलन देशभरका ७५३ स्थानीय तह, ७७ जिल्ला र देशभरका क्याम्पस, विश्वविद्यालय तथा कलेज स्कुलमा सुचारु भएको हो । महेन्द्र  बहुमुखी क्याम्पसमा पनि सोही परिपत्र अनुसार केन्द्रीय प्रतिनिधिको विशेष उपस्थिति तथा  क्याम्पसका विद्यार्थी र विभिन्न तह(तप्कामा रहेका विद्यार्थी नेताहरुको सहभागिता थियो । 

सदस्यता बितरण कार्यक्रममा विद्यार्थी नेताहरुले नेविसंघले विद्यार्थीहरूलाई नेतृत्व विकासका अवसर प्रदान गर्ने जसले उनीहरूलाई सामाजिक र राजनीतिक रूपमा सचेत र जिम्मेवार नागरिक बनाउने बताएका छन् । शुल्क वृद्धिको विरोध, गुणस्तरीय शिक्षाको माग, मेरो शिक्षा मेरो प्रश्न, विद्यार्थी अधिकार लगायत विद्यार्थीहरूका शैक्षिक मुद्दा उठानमा नेविसंघ निरन्तर लागेको उनीहरुको भनाई छ । 

नेविसंघ नेपाली कांग्रेसको भ्रातृ संगठन भएकाले यसले विद्यार्थीहरूलाई लोकतान्त्रिक मूल्य र आदर्शहरू पनि सिकाउने नेताहरुको भनाई छ । 

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १०:४२
प्रतिक्रिया दिनुहोस्