सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । सुदूरपश्चिम सरकारमा नागरिक उन्मुक्ति पार्टी उपसभामुख र एक मन्त्री पाउने भएपछि सहभागी हुने भएको छ ।
नागरिक उन्मुक्तिका नेताहरु र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीचको आज बिहान भएको छलफलपछि सरकारमा सहभागी हुन तयार भएको हो।
नागरिक उन्मुक्ति पार्टीका एक नेताका अनुसार कृषि मन्त्री, कृषी राज्यमन्त्री, उसभामुख र दुईवटा संसदीय समितिको सभापति पाउने सहमति भएको छ।
नागरिक उन्मुक्तिको बुधबार बस्ने संसदीय दलको बैठकबाट सरकारमा जाने सांसदहरुको नाम टुंगो लगाउने बताइएको छ।