दंगीशरण गाउँपालिकाले किसानलाई बाँड्यो ५० प्रतिशत अनुदानमा तरकारीका बिउबिजन

बुधबार, पुस १७, २०८१

दाङ  । दाङको दंगीशरण गाउँपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत तथा हाइब्रीड जातका तरकारीका बिउबिजन बितरण गरेको छ ।

गाउँपालिकाको आर्थिक बर्ष २०८१- ८२ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार ५० प्रतिशत अनुदानमा मंगलबार उन्नत तथा हाइब्रीड जातका तरकारीका बिउ बितरण गरिएको हो ।

स्वीकृत बार्षिक कार्यक्रम अनुसार चार लाख बजेट बिनियोजन भएकोमा एक लाख ५९ हजार च्याउको बिउ खरीदमा खर्च गरिएको थियो । बाँकी रहेको दूई लाख ४१ हजार र पालिका किसानको दुई लाख ४१ हजारे गरी कुल चार लाख ८२ हजारको तरकारीको बिउ बितरण गरिएको हो ।

त्यसपूर्व गाउँपालिकाले एक हप्ताको सुचना आह्वान गरेको थियो । त्यसमा ५४ वटा समुहरुबाट माग निबेदन भएको थियो । त्यो माग बमोजिम तीन जातका बोडी , काँक्रा तीन जातकासहित खुर्सानी, भन्टा, फर्सी , करेला लगायतका आठ प्रकारका बिउ विजन बितरण गरिएको दंगीशरणका कृषी शाखा प्रमुख शरु भुषालले बताइन ।

किसानलाई बिउ बिजन बितरण गर्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले किसानको आर्थिक वृद्धि गरी आर्थिकस्तर उकास्न आफुहरु लागि परेको बताएका थिए । हाइब्रीड जातको बिउ केही महंगो हुने हुँदा किसान एक्लैले खरिद गर्दा मर्का पर्ने हुँदा गाउँपालिकाले हातेमालो गरेको अध्यक्ष गिरीले बताए ।

उदेस्यले साविक गोल्टाकुरी र श्रीगाउँमा कृषी र पशुसेवा सुरु गरिएको भन्दै बिभिन्न ठाउँमा तरकारी संकलन केन्द्र संचालनमा ल्याइएको बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पीमा वली खड्काले किसानको आयआर्जन र जीवनस्तर उकास्न आधुनिक कृषीमा जोड दिनका लागि सहयोग पुगोस भन्ने भावनाले आँफहरुले काम गरेको बताएकी थिइन ।

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १०:३१
प्रतिक्रिया दिनुहोस्