कांग्रेस राप्तीसोनारी-२ को तेस्रो वडा सम्मेलन सम्पन्न

सोमबार, पुस १५, २०८१

नेपालगन्ज नेपाली कांग्रेस राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ बाँकेले आज तेस्रो वडा सम्मेलन सम्पन्न गरेको छ ।

वडा अध्यक्ष नन्दलाल बस्नेतको अध्यक्षता एवम् नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलको प्रमुख आतिथ्यतामा वडा सम्मेलन सम्पन्न भएको हो ।

नेपाली कांग्रेस बाँकेको चार महिने अभियान एवम् नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सय दिने अभियान अन्तर्गत वडा स्तरीय कार्यक्रमकै बीच तेस्रो वडा सम्मेलन पनि सम्पन्न गरिएको वडा सभापति बस्नेतले बताए । कांग्रेस विधान अनुसार प्रत्येक वर्ष सबै तहको वार्षिक सम्मेलन गर्नुपर्दछ । कांग्रेस बाँकेले गत भदौ २४ गतेदेखि सुरु गरेको चार महिने अभियान पुस मसान्तसम्म चल्नेछ भने असोज ७ गतेदेखि सुरु भएको केन्द्रको सय दिने अभियान भोलि पुस १६ गते सकिँदैछ । 

वडा स्तरीय कार्यक्रम तथा वडा सम्मेलनमा राप्तीसोनारी गाउँपालिका अध्यक्ष एवम् कांग्रेस बाँकेका निवर्तमान सचिव तप्तबहादुर पौडेल, कांग्रेस बाँके प्रबक्ता डिल्ली गिरी, जिल्ला सदस्य देव बहादुर खाण, क्षेत्र नम्बर १ का क्षेत्रीय सचिव खुम बहादुर बस्नेत,  राप्तीसोनारी सभापति भिम बहादुर राना लगायतको उपस्थिति थियो । 

त्यस अवसरमा विभिन्न पार्टी परित्याग गरी ६१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेकपा एमाले, नेकपा माओवादी, राप्रपा, समाजवादी फोरम, जनमोर्चा लगायतका पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेकाहरुलाई सभापति गौडेल लगायत अतिथिहरुले स्वागत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै सभापति गौडेलले संगठन विस्तार र सुदृढीकरणका लागि आ-आफ्नो क्षेत्रमा केन्द्रित भई काम गर्न नेताहरुलाई आग्रह गरेका छन् । 

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  १७:१६
प्रतिक्रिया दिनुहोस्