सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
प्रमोद आचार्य /दाङ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रकाश स्नेही रसाइलीले नेपाली कांग्रेसलाई संस्थागत तवरले अगाडि बढाउन सय दिने विशेष अभियानको थालली भएको बताएका छन् ।
नेपाली कांग्रेस दंगीशरण गाउँ कार्यसमितिले आज दंगीशरणको हेकेलीमा आयोजना गरेको नेपाली कांग्रेसको एक सय दिने विशेष अभियान अन्तर्गतको कार्यक्रमलाई सम्बोधन गर्दै नेता रसाइलीले कांग्रेस नेतृत्वमा रहदा पनि कार्यकर्तामा हिनताबोध हुनुको कारण पत्ता लगाउनुपर्ने बेला भएको बताए ।
कांग्रेसलाई रुपान्तरण गर्न आवश्यक रहेको भन्दै केन्द्रिय सदस्य रसाइलीले नयाँ सोच बिचार र कार्यक्रम आवश्यक रहेको बताए । पार्टी भित्र मौलाउँदै गएको अराजकतालाई रोक्न आवश्यक रहेको भन्दै नेता रसाइलीले पार्टीको बिधि र सिद्धान्त वाहिर जान नहुने बताएका थिए ।नेपाली कांग्रेस दंगीशरणका सभापती शम्भु गिरीको शभापतीत्वमा भएको समापन कार्यक्रममा बोल्दै केन्द्रिय प्रतिनिधि समेत रहेका केन्द्रिय सदस्य रसाइलीले कांग्रेस समाबेशिताको जग बसाउने पहिलो पार्टी रहेको बताए ।
पछिल्लो समय जनप्रतिनिधि र पार्टीको सम्बन्ध डिभोर्स भएको श्रीमती र श्रीमान जस्तो भएको व्यंग्य गर्दै अबको ३-३ महिनमा जनप्रतिनिधि र पार्टीबिचको समन्वायत्मक बैठक बसाल्ने पद्धतिको बिकाशको थालली गर्ने गरी कांग्रेस अगाडि बढेको बताए ।अर्को प्रसङ्गमा नेता रसाइलीले कांग्रेसका नेता-कार्यकर्ता अब प्रबिधिको सहि सदुपयोग गरी सामाजिक संजालको उच्चतम प्रयोग गर्नतर्फ लाग्न सुझाब दिए ।
नेपाली कांग्रेस दाङका सभापती शंकर प्रसाद डाँगीले पार्टीका हरेक क्रियाकलापमा सवै सक्रिय रहनुपर्ने बताए ।यो या त्यो नभनेर सवैले कांग्रेसका निम्ति दत्तचित्त भएर खटिनुपर्ने भन्दै नेता डाँगीले पार्टीका तल्नो तहदेखि माथिल्लो तहका नेताहरु लाग्नुपर्ने बताए ।
समापन कार्यक्रममा गाउँपालिकका ७ वटै वडाका वडा सभापतीहरुले आ-आफ्नो वडाको पार्टीको अवस्थावारे जानकारी गराएका थिए ।सोही अवसरमा ७ वटै वडाका वडा सभापतिहरुलाई कांग्रेसको क्रियाशिल सदस्यताको परीचयपत्र समेत प्रदान गरीएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि तथा पूर्व लुम्बिनी प्रदेश सभा सदस्य शंकर गिरी, महाधिवेशन प्रतिनिधि केशव राज आचार्य लगायत नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।