यी प्रदेशमा वर्षाको सम्भावना

मंगलबार, साउन १६, २०८०

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग महाशाखाले  कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको  जनाएको छ।

आज बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।

राती कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ ।

यी प्रदेश भारी वर्षाको सम्भावना रहेकोले नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोप हुन हुँदा बिभागले आवश्यक सतर्कता अपनाउन  आग्रह गरेको छ । 

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  ०८:५२
प्रतिक्रिया दिनुहोस्