सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
कञ्चनपुर । गिरिबन्धु, यति, ओन्नी लगायतका भ्रष्टाचार प्रकरणका फाइल खोलिने पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । आफ्नो नेकपा माओवादी केन्द्र पहिलो पार्टी भएर सरकारमा गएपछि प्रचण्डले गिरिबन्धु, यति, ओन्नी लगायतका ठुला भ्रष्टाचारका फायल खोल्ने चेतावनी दिएका छन्।
कञ्चनपुरको पुनर्वासमा आज आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले माओवादी बलियो र एक नम्बरको पार्टी भएमात्रै देशमा सुशासनको नयाँ युग सुरू हुने जानकारी दिदै भ्रष्टाचार प्रकरणमा जो सुकै भएपनि नछाड्ने बताएका हुन् ।
अब आउने चुनावपछि माओवादी बलियो भएर पहिलो पार्टी भयो भने देशमा सुशासनको नयाँ युग सुरू हुने र भ्रष्टाचारीहरूलाई लखेट्ने प्रक्रिया सुरू गर्ने प्रचण्डले बताए। उनले भने- गिरिबन्धुदेखि नक्कली भुटानी शरणार्थी प्रकरणसम्मका सबै प्रकरणमा संलग्नहरूलाई त्यसै छाडिदैन।"
आफू यसअघिको सरकारको नेतृत्व गरेकै बेला नक्कली भुटानी शरणार्थी प्रकरणको फायल खोलिसकेको हुँदा अब आफ्नो पार्टी पहिलो बनेपछि त्यसको अधुरो काम पूरा गर्ने बताए ।साथै उनले वाइडबडी खरिदमा गरिएको भ्रष्टाचारमा संलग्नहरूलाई पनि कानुनको दायरामा ल्याउने बताएका थिए। यो सबै गर्न जनताले माओवादीलाई पहिलो पार्टी बनाउन जरुरी रहेको उनले बताए।
आफू ले भ्रष्टाचार विरुद्ध अभियान चलाएकाले भयभित भएकाहरुले आफू नेतृत्वको सरकार ढालेको बताएका थिए।