दंगीशरणमा जनप्रतिनिधि र कर्मचारीहरुका लागि कानुन निर्माण सम्बन्धि अभिमुखिकरण

शनिबार, पुस १३, २०८१

दंगीशरण(दाङ) दाङको दंगीशरण गाउँपालिकामा जनप्रतिनिधि तथा कर्मचारीहरुका लागि २ दिने कानुन निर्माण सम्बन्धि अभिमुखिकरण तथा क्षमता विकास प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता तथा गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काको बिशिस्ट आथित्यतामा  २ दिने क्षमता विकास प्रशिक्षण कार्यक्रमको समापन गरिएको हो ।

शुक्रबार पहिलोदिन फौजदारी कार्यविधि कानुनी ब्यबस्था र प्रयोगको बारेमा उच्च सरकारी वकिल कार्यालयका प्रमुख धर्मावतार कोइराला र कानुनकोपरिचय,संविधान,ऐन,नियम,विनियम,कार्यविधि निर्देशिका र मापदण्डका वारेमा विषेश सरकारी वकिल कार्यालय काठमाडौका सहन्यायाधिवक्ता मोहन सागर बस्याले प्रशिक्षण दिएका थिए ।

त्यस्तै शनिवार स्थानिय तहको कानु निर्माण सम्बन्धि संबैधानिक एबम कानुनि प्रावधान र सस्थागत ब्यबस्थावारे सहन्यायाधिवक्ता मोहन सागर बस्याल,देवानि कार्यविधि कानुनि ब्यबस्था एबम सिद्धान्त र व्यबहारवारे उच्च अदालत तुलसिपुरका न्यायाधीश अर्जुन प्रसाद कोइराला र कानुन निर्माण गर्दा अवलम्बन गर्नुपर्ने प्रक्रिया,स्थानियतहको कानुन निर्माणका चरण एबम सरोकारवालाको भुमिकाका वारेमा प्रधानमन्त्री तथा मन्त्री परीषदको कार्यालय काठमाडौका सहसचिव राजेन्द्र थापाले प्रशिक्षण गरेका थिए ।

दुइदिने प्रशिक्षण कार्यक्रमको समापन अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले वडादेखि पालिकासम्म पर्ने समस्याको समाधानका लागि २ दिने प्रशिक्षण फलदायी रहेको बताए ।

प्रधानमन्त्री तथा मन्त्री परीषदको कार्यालय काठमाडौका सहसचिव राजेन्द्र थापाले कानुन निर्माणको प्रक्रियामामा जनशक्तीको कमि हुनु स्वभाविकरहेको तर अहिलेनै कानुन निर्माणको काममा आत्तीहाल्नुपर्ने नभएको बताए ।

यस्तै गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले २ दिने तालिमले आफु न्यायिक सयोजकको रुपमा न्याय सम्पादनगर्दा आइपर्ने कानुनि जटिलताको बारेमा प्रष्ट हुनपाउदा खुसि ब्यक्त गरिन ।

दुइदिने अभिमुखिकरण कार्यक्रममा गाउँपालिकाका ७ वटै वडाका अध्यक्ष,कार्यपालिका सदस्य,गाउँसभा सदस्य,साखाप्रमुखहरु,वडा सचिबहरु,कर्मचारी लगायत्को सहभागीता रहेको थियो ।

प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  १८:५३
प्रतिक्रिया दिनुहोस्