सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा.धवल शमशेर राणा उपचारपछि स्वदेश फर्किएका छन् ।
भारतस्थित टाटा क्यान्सर अस्पतालमा क्यान्सरको सफल उपचारपछि राणा स्वदेश फर्किएका हुन् । तीन महिनाको उपचार पश्चात् क्यान्सर जितेर आफू देश फर्किएको राणाले जानकारी दिएका छन् ।
सांसद राणाले फेसबुकमा लेखेका छन्:' अन्ततः म भोलि काठमाडौँ फिर्ता हुनेछु । तीन महिनाको लामो उपचार पश्चात् म निको भएको छु। आगामी दिनमा म मेरो पूर्वनिधारित कार्यक्रमहरूमा सरिक हुने नै छु। सम्पूर्ण परिवारजन, आफन्त, शुभेच्छुक एवं पार्टीका सम्पूर्ण साथीहरू प्रति धन्यवाद तथा आभार व्यक्त गर्दछु। हजुरहरूको म प्रतिको शुभेच्छा कायम रहोस् ।'