सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जको रिक्त रहेको क्याम्पस प्रमुखको पदका लागि त्रिभुवन विश्वविद्यालयले गरेको सर्टलिस्टमा प्राइभेट कलेजका मालिक पनि परेका छन् ।
त्रिभुवन विश्वविद्यालयको बिनियम 'साबधिक पदमा नियुक्तिको मापदण्ड र आधारहरु २०८१' को बरखिलाप हुने गरी सर्ट्लिस्टिंग गरिनु गैरकानुनी रहेको बताइएको छ ।
क्याम्पस प्रमुखका लागि सर्टलिस्टमा बर्तमान क्याम्पस प्रमुख लालमणि आचार्य, चक्र बहादुर बम,हरिप्रसाद तिवारी,मुना श्रेष्ठ र डा.रमेश अधिकारीको नाम रहे पनि धेरैजसो प्राइभेट कलेजका मालिक भएको आरोप लगाइएको छ।
सर्टलिस्टमा परेकाहरु मध्ये आचार्यको कोहलपुरमा डाइनामिक बहुमुखी क्याम्पस, चक्र बहादुर बमको पनि डाइनामिक बहुमुखी क्याम्पस कोहलपुर र हरिप्रसाद तिवारीको मध्यपश्चिम बहुमुखी क्याम्पस नेपालगञ्ज तथा टिआरटिआई कलेज नेपालगञ्जमा लगानी रहेको बताइए पनि उनीहरुले यो आरोप अस्विकार गरेका छन् ।
उनीहरुले आफ्नो नाममा कुनै प्राइभेट कलेजको शेर नरहेको बताएका छन् । मिनेटखबरसँग कुरा गर्दै उनीहरुले भने-" आफ्नो नामको शेर आफूसँग छैन,यस्तो आरोप कसले लगाउछ?" क्याम्पस प्रमुखको सर्टलिस्टमा पर्नु अघि नै आफुले शेर बेचिसकेको र परिवारका नाममा हस्तान्तरण गरेको उनीहरु बताउँछन्।
यता भने क्याम्पस प्रमुखको बिज्ञापनपछि कसैले आफ्नो श्रीमतीको नाममा शेयर सारेको तर कम्पनी रजिस्ट्रारको कार्यालयको रेकडमा भने आफ्नै नाममा रहेको देखिएको एक श्रोतले बतायो।
बिनियम अनुसार आफ्नो तथा आफ्नो परिवारको नाममा अन्य निजी कलेजमा लगानी हुन नपाउने नियमको उल्लङ्घन गर्दै यो सर्टलिस्ट भएको श्रोतको दाबी छ ।
त्रिवीको नियमावली -