सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । नेपाल प्रहरीका ३० जना कर्मचारी आफूखुशी सम्पर्कविहीन भएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार गत अदोज महिनादेखि ती कर्मचारी गैरहाजिर हुँदै सम्पर्कविहीन भएका छन् ।
प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै आफूखुशी गैरहाजिर भएका २ सहायक हवल्दारसहित ३० प्रहरीलाई ७ दिन भित्र हाजिर हुन निर्देशन दिएको छ।
सम्पर्कविहीन हुने प्रहरीले ७ दिन भित्र चित्तबुझ्दो स्पष्टीकरणसहित कार्यालय उपस्थित हुन निर्देशन दिदै प्रहरी प्रधान कार्यालयले सम्पर्कमा नआउने प्रहरीलाई सेवाबाट हटाउने चेतावनी दिएको छ।