सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । मुलुकको विकासका लागि नेपाली कांग्रेसले जति काम अरू कुनै पनि पार्टीले नगरेको नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले टिप्पणी गरेका छन् ।
काठमाडौँमा आज आयोजित नेपाली कांग्रेसको १०० दिने पार्टी सुदृढीकरण कार्यक्रममा बोल्दै नेता सिटौलाले देशमा भएका सबैजसो परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले गरेको बताए।
उनले संविधान सभाको कुरा नेपाली कांग्रेसले २००७ साल मै उठाएको दाबी गर्नुभयो । उनले नेपाली कांग्रेसकै पहलमा जनताले प्रथम जननिर्वाचित प्रधानमन्त्री पाएको उल्लेख गरे । निरंकुश राणा शासनको अन्त्यदेखि दरबारिया व्यवस्थाको विरुद्ध कांग्रेसले निरन्तर सङ्घर्ष गरेर लोकतन्त्र ल्याइएको बताए ।
उनले भने, ‘८० वर्षको इतिहासमा कति ठिक, कति बेठिक भएको होला । तर समग्रमा हामीले मूल्याङ्कन गर्ने हो भने जनताको अधिकारको लागि, देशको विकासको लागि, जनताको आर्थिक प्रगतिको लागि नेपाली कांग्रेस पार्टीले जे जति काम गरेको छ अरू कुनै पनि पार्टीले त्यति काम गरेको छैन । यो त दाबाका साथ हामी भन्छौँ । संविधान सभाको कुरा २००७ सालमै नेपाली कांग्रेसले उठाएको कुरा हो । पहिलो पटक जनताले निर्वाचित गरेको प्रधानमन्त्री जनताले पाए । त्यो नेपाली कांग्रेसकै पहलमा भएको हो । तर २०१७ साल पुस १ गते संविधान च्यातेर सेना लगाएर टुँडिखेलबाट पक्राउ गरेर लगे प्रधानमन्त्रीलाई । पार्लियामेन्ट भङ्ग भयो । फेरि बहुदलीय लोकतन्त्र भङ्ग गरेर अर्को संविधान जारी गरे । दरबारिया व्यवस्था । त्यो विरुद्ध हामीले निरन्तर सङ्घर्ष गर्यौँ ।’