सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नवलपरासी । पश्चिम नवलपरासीबाट प्रतिवन्धित औषधिसहित एक जनालाई पक्राउ गरेको छ।
पश्चिम नवलपरासीस्थित अस्थायी प्रहरी बिट भूमहीबाट प्रहरी सहायक निरीक्षक धिरज गौतमको कमाण्डको टोलीले प्रतिवन्धित औषधिसहित दाङको घोराही उपमहानगरपालिका-१५ भृकुटीनगरका १९ वर्षीय शौरब वलीलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी नवलपरासीका अनुसार शौरबको साथबाट प्रहरीले १७ एम्पुल डाइजोपाम, १७ एम्पुल फेनारागन र १७ एम्पुक ब्रोनोफिन बरामद गरेको हो।
मंगलबार साँझ सुनवल नगरपालिका-१२स्थित भूमही-परासी सडकखण्डबाट पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय परासीमा ल्याएर थप अनुसन्धान सुरु गरिएको नवलपरासी प्रहरीले जानकारी दिएको छ।