बाँकेमा स्कुल बस दुर्घटनामा ८ विद्यार्थी घाइते

सोमबार, साउन १५, २०८०
Neuro hospital Nepalgunj

नेपालगन्ज । बाँकेमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ८ जना विद्यार्थी घाइते भएका छन् ।

आज बेलुका राप्तीसोनारी गाउँपालिकास्थित नवज्योति इङ्लिश मिडियम स्कुल चिल्हरियाको ना ५ ख२९८ नम्बरको बस दुर्घटनामा पर्दा ८ जना घाइते भएको इलाका प्रहरी कार्यालय धामपुरले जनाएको छ।

राप्तीसोनारी-४  रामकुट्टी टोलमा ४१ जना विद्यार्थी बोकेको बस दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय धामपुरका वरिष्ठ प्रहरी नायब निरीक्षक लक्ष्मीप्रसाद आचार्यले जानकारी दिए । 

विद्यार्थीहरुको राप्तीसोनारी अस्पतालमा उपचार भइरहेको छ। 

 

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  २०:४७
प्रतिक्रिया दिनुहोस्