सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरको आयोजना तथा इलाका प्रहरी कार्यालय हेकुलीको सहजीकरणमा नागरीक सुनुवाइ कार्यक्रम दंगीशरण गाउँपालिकामा सम्पन्न भएको छ।
इलाका प्रहरी कार्यालय हेकुलीको आर्थिक बर्ष २०८१/८२ को पहिलो ७ महिनाको गतिविधि तथा प्रहरीप्रतिको नागरीकको धारणा,गुणासो तथा सल्लाह सुझाव सुन्नका लागि नागरीक सुनुवाइ कार्यक्रम आयोजना गरेको इलाका प्रहरी कार्यालय हेकुलीका प्रमुख दिग्बिजय केसीले जानकारी दिएका छन् ।
नागरीक सुनुवाइ कार्यक्रम इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी अनिल सिंह ठकुरीको अध्यक्षता,गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यता तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्ण बहादुर नेपलीको बिशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।
नागरीक सुनुवाइ कार्यक्रममा बोल्दै दंगीशरण गाउँपालिका अध्यक्ष गिरीले मुस्कान सहितको सेवा, समुदायमा प्रहरी साझेदारी जस्ता कार्यक्रमहरु व्यबहारतह लागू हुनुपर्ने बताए ।यस्तै अध्यक्ष गिरीले पछिल्लो समय लागुऔषधको प्रयोग बढेकोले प्रहरीले त्यसको रोकथाम र नियन्त्रणका लागि सक्रियता बढाउनुपर्ने बताएका थिए ।अर्को प्रसङ्गमा अध्यक्ष गिरीले अपराध अनुसन्धान र शान्ति सुरक्षा सु-ब्यबस्थित गर्न गाउँपालिकाका मुख्य बाटोले जोड्ने वडा नम्बर ५/६/७ मा सिसी क्यामरा तथा पिटिजेट क्यामरा जडान गरी सुरक्षित दंगीशरण निर्माणमा अगाडि बढ्ने बताए।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख ठकुरीले प्रहरी जनताको शाशक नभई सेवकको रुपमा काम गरिरहेको बताए ।समाजमा शान्ति सु-व्यवस्था कायम गर्न प्रहरी एक्लैले गर्न नसक्ने भएको हुँदा जनताले पनि प्रहरीलाई सहयोग र साथ दिन आग्रह गरेका छन् ।सहभागीहरुले उठाएका प्रश्न तथा जिज्ञासाहरुको जवाफ दिदै प्रमुख ठकुरीले आफू आइसकेपछि तुलसीपुरमा जुवातास,लागुऔषध,ट्राफिक ब्यबस्थापन तथा चोरी डकैती जस्ता कुरामा कडारुपमा प्रस्तुत भएको जानकारी दिए ।
त्यस्तै इलाका प्रहरी कार्यालय हेकुलीले आफ्नो कार्यक्षेत्र भित्र चालु आर्थिक बर्षमा अपराधतर्फ: आत्महत्या १ , चोरी बाल बिज्याइ ४, जुवातास १, लागुऔषध १, हाडनाता जबरजस्ती करणीका घटना १ वटा रहेको बताए।
उजुरी निबेदनतर्फ झैझगडा ,कुटपिट ८ वटा, ७ मिलापत्र र १ बाँकि तथा सामान चोरी ३, सवारी दुर्घटनाका ३ वटा घटना रहेको उनले बताए।
त्यसैगरी लागुऔषध नियन्त्रण सम्बन्धि सचेतनामुलक कार्यक्रमतर्फ वहुबिबाह बालविवाह २ वटा ,आत्महत्या सम्बन्धि ३ मानब बेचबिखन सम्बन्धि २, लैङ्गकि हिंसा सम्बन्धि २ वटा रहेको केसीले बताए।