रास्वपाको कार्यवहाक सभापतिमा डीपी अर्याल

सोमबार, पुस ८, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवहाक सभापति डीपी अर्याल बनेका छन् । आज बसेको सचिवालय बैठकबाट अर्याललाई कार्यवहाक सभापति बनाइएको रास्वपाले जनाएको छ।

पार्टी सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएपछि अर्याललाई कार्यवहाक सभापति बनेका हुन् ।

संसदीय दलको नेता भने अझै नतोकिएको रास्वपाले जनाएको छ।

 

 

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  १८:११
प्रतिक्रिया दिनुहोस्