जनकपुर बोल्ट्सका समर्थकलाई कुटपिट गरेको आरोपमा दुई युवक पक्राउ

सोमबार, पुस ८, २०८१

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा जनकपुर बोल्ट्सका समर्थकलाई कुटपिट गर्ने दुई जनालाई कीर्तिपुर प्रहरीले पक्राउ गरेको छ।

शनिबार भएको जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीचको फाइनल खेल सकिएपछि कीर्तिपुर क्रिकेट मैदान बाहिर सर्लाही घर भएका युवक अमनकुमार सिंहलाई कुटपिट गर्ने समूहका २१ वर्षीय अशोक साउद र १९ वर्षीय गणेश साउदलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

पक्राउ परेका बुवै जना डोटी जिल्लाका हुन् । प्रहरीका अनुसार अशोक आदर्श गाउँपालिका-२ घर भएर हाल कीर्तिपुर नगरपालिका-८ पाँगा र दिपायल सिलगढी नगरपालिका-१ घर भएका गणेश हाल कीर्तिपुर-७ भाजङ्गल बस्दै आएका थिए।

मधेसी आयोगले जनकपुर बोल्ट्सका समर्थक अमन कुमारलाई नश्लिय साम्प्रदायिक दुर्व्यवहार गरेको आरोप लगाएको छ ।

जिल्ला प्रहरी परिसरले उक्त घटनाको   प्रहरी वृत्त कीर्तिपुरले थप अनुसन्धान गरिरहेको  जानकारी दिएको छ।

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  १३:३९
प्रतिक्रिया दिनुहोस्