मधेश सरकारमा कांग्रेसका समिम र जनमतका चन्दन मन्त्री नियुक्त

सोमबार, साउन १५, २०८०
Neuro hospital Nepalgunj

जनकपुर। नेपाली कांग्रेस र जनमत पार्टीबाट मधेश सरकारमा दुई जना मन्त्री नियुक्त भएका छन् ।

आज मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले  कांग्रेसबाट मोहमद समिम गृह सञ्चार तथा कानुन र जनमतबाट चन्दन सिंह श्रम तथा यातायात मन्त्री नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले आजै नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । 

 

 

 

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १८:०२
प्रतिक्रिया दिनुहोस्