तुलसीपुर विमानस्थल स्तरोन्नतीका लागि दाङका दुई नेता एक ढिक्का: पर्यटनमन्त्रीलाई बुझाइयो संयुक्त निवेदन

मन्त्री पाण्डेले कार्य अगाडि बढाउन महानिर्देशकलाई दिए निर्देशन
सोमबार, पुस ८, २०८१

काठमाडौं । दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलको स्तरोन्नतीका लागि दाङका दुई नेता एक ढिक्का भएका छन् ।

नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य दीपक गिरी नेकपा एमालेका महासचिव शंकर पोखरेल दाङको विकासक लागि एक ढिक्का हुँदै तुलसीपुर विमानस्थलको स्तरोन्नतीका पर्यटनमन्त्री बद्री पाण्डेलाई संयुक्त निवेदन बुझाएका हुन् ।

नेताद्वय गिरी र पोखरेलले वि.सं. २०११ सालमा स्थापना भएको तुलसीपुर विमानस्थलको धावनमार्गको स्तरोन्नती लगायतका बारेमा पर्यटनमन्त्रीलाई निवेदन दिदै ध्यानाकर्षण गराएको प्रतिनिधि सभा सदस्य गिरीका स्वकीय सचिव युवराज डिसीले जानकारी दिएका छन् ।

मन्त्री पाण्डेले दाङका दुबै नेतालाई तुलसीपुर विमानस्थल स्तरोन्नतीका प्रक्रिया अगाडि बढाउने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीलाई निर्देशन समेत दिएको डिसीले बताए।

संयुक्त निवेदन हस्तान्तरण कार्यक्रममा मन्त्री पाण्डेसहित मन्त्रालयका सचिव डा.गणेश पाण्डे र महानिर्देशक अधिकारीको पनि उपस्थिति रहेको थियो।

 

 

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  ०९:३१
प्रतिक्रिया दिनुहोस्