सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
लुभेन,बेल्जियम । किराँत याक्थुङ चुम्लुङ बेल्जियमले मंगलवार बेल्जियमको लुभेन शहरमा यस पटक पनि चासोक तङ्नाम (उधौली) पर्व भव्यताका साथ सम्पन्न गरेको छ । प्रकृति पुजक याक्थुङ लिम्बु समुदायले मंसिरे पुर्णीमा तिथिका दिन उधौली पर्व मनाउने गर्दछन भने बेल्जियममा पनि यो संस्थाले यसलाई निरन्तरता दिएको छ ।
कार्यक्रममा संस्थाका अग्रज सदस्य बलबहादुर सेनेहाङले मुन्धुम बाचन गरी पुजाको शुभारम्भ गरेका थिए भने त्यस लगत्तै संस्थाका अन्य सदस्यहरु पुजामा सरिक भएका थिए । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट नेपाली दुताबास बेल्जियमका कार्यवाहक राजदूत रूउस कार्कीले विदेसी भुमिमा पनि आफ्नो संस्कार संस्कृतिको प्रबर्धन र सम्बर्धनका लागि लिम्बु समुदायले निरन्तरता दिनु प्रशंसनीय रहेको बताए।
अर्का अतिथि नेपाल आदिवासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष विरमान घर्ती मगरले किराँत लिम्बुहरुको चासोक ताङनाम चाँड सभ्यता र संस्कृतिको द्रिटिकोणले बिशिष्ठ भएको र यसलाई बिदेशमा पनि मनाउँनु अत्यन्त सान्दर्भिक रहेको बताए ।
बिशेष अतिथि एनआरएनए बेल्जियमकी अध्यक्ष सिता सापकोटाले उधौली पर्वको शुभकामना दिदै यो संस्थाले बेल्जियमको समुदायमा सकारात्मक र स्वागत योग्य काम गरेको हुँदा आवश्यकता अनुसार आफुहरुले पनि सहकार्य गर्न सक्ने बताइन । किराँत याक्थुङ चुम्लुङ बेलायतका महासचिव बिश्वासदिप तिगेलाले किराँत समुदाय प्रकृतिपूजक भएकोले प्रकृतिमा आएको परिवर्तनसंगै यो पर्व मनाउने हुँदा यो खेतीपातीको कामसंग पनि जोडिएको बताउँदै संस्थाले बेल्जियममा यस्तो कार्यक्रम गरेकोमा आफु अत्यन्तै गौरवान्वित भएको बताए ।
कार्यक्रमका संस्थाका अध्यक्ष बदन योङ्हाङले किराँतहरु प्रकृतिपुजक, शान्तिका अनुयायी र मौलिक चाँडका लागि समेत बिशेष भएकोले आफुहरुले बेल्जियममा यसरी सबैको सहयोगमा लिम्बु संस्कृतिको निरन्तरता र शुभ कामना आदान प्रदान दिन यो कार्यक्रम आयोजना गर्न पाएको खुसी व्यक्त गर्दै सहयोगका लागि सबै प्रति आभार व्यक्त गरे । कार्यक्रममा बेल्जियम स्थित विभिन्न सामाजिक संघसंस्थाहरुका अध्यक्ष तथा प्रतिनिधि, बिदेशी पाहुँनाहरुको उल्लेख्य सहभागिता थियो भने उनीहरुले एक आपासमा उधौली पर्वको शुभकामना आदान प्रदान गरेका थिए । संस्थाका सदस्य पूर्ण लिम्बुले पाहुनाहरुहरुलाई पर्वको महत्व र स्वागतका लागि आफुहरुले खानपानको व्यवस्थालाई निशुल्क गरेको बताउँदै यस प्रकारको कार्यक्रमले बिदेशमा रहेको दोश्रो पुस्तालाई आफ्नो मौलिक संस्कृतिकाबारेमा जानकारी दिन र सिकाउन अत्यन्त महत्वपूर्ण हुने बनाए ।
अर्का सदस्य रवीन्द्र वान्तवाले संस्थाले यो कार्यक्रम प्रत्येक बर्ष मनाउनुका साथै कार्यक्रममा सहभागि एक आपसमा भेटघाट, शुभ बिचार तथा कामना बाँड्न अत्यन्त महत्वपूर्ण हुने बताए।
कार्यक्रममा पेमावती लिम्बुले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन भने संचालन कला लिम्बले । कार्यक्रमा लिम्बुहरुको कला संस्कृति झल्कने केलाङ (च्याब्रुङ), साकेला लगायतका नृत्यहरु प्रस्तुत गरिएको थियो भने साँस्कृतिक कार्यक्रमको नेतृत्व डम्बर चोङ्बाङ गरेका थिए ।