पत्रकार महासंघ बाँकेको नवनिर्वाचित कार्यसमितिलाई शपथ तथा पद हस्तान्तरण

शनिबार, पुस ६, २०८१

नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँकेमा नवनिर्वाचित पदाधिकारी र सदस्यहरूलाई सपथ तथा पद हस्तान्तरण कार्यक्रम आज सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघ बाँके निर्वाचन समितिद्वारा आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत शरण कर्माचार्यले नवनिर्वाचित अध्यक्ष नवीन गिरी, पदाधिकारी र सदस्यहरू, केन्द्रीय परिषद सदस्य र प्रदेश परिषद सदस्यलाई प्रमाणपत्र प्रदान गदै सपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष गिरीले पत्रकारहरुको हकहित र पत्रकारिताको विकासका लागि काम गर्ने प्रतिबद्धता जनाए । त्यस अवसरमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका नवनिर्वाचित अध्यक्ष शुक्रऋषि चौलागाई, नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्षहरू लियाकत अलि, प्रेम केसी, निरज गौतम, झलक गैरे, नेपाल पत्रकार महासंघ बाँकेका निवर्तमान कार्यबाहक अध्यक्ष संगिन शर्मा,  मुख्य निर्वाचत अधिकृत कर्माचार्यले नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै बाँके शाखालाई उत्कृष्ट शाखाको रुपमा विकास गर्ने गरी काम गर्न आग्रह गरे ।

निर्वाचत अधिकृत अधिबक्ता केशव कोइरालाले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तब्य निवर्तमान सचिव कमल डाँगीले ब्यक्त गरेका थिए ।

प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  २२:२२
प्रतिक्रिया दिनुहोस्