सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । सङ्घीयता आइसकेपछि सरकारी निकायहरुबीच समन्वयको अभाव देखिएको सरकारका मुख्यसचिव एकनारायण अर्यालले बताएका छन् ।
आज नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले संविधानमा सहकार्य, समन्वय र सहअस्तित्व भने पनि धेरै कुराहरू अलमलमा रहेको उल्लेख गरे।
उनले पालिकाहरूले बनाएका कानूनहरुमा पनि विवादित विषयहरू रहेको बताए । उनले सङ्घीय कानून भन्दा विपरीत कानून बनाउन नपाइने भए पनि त्योअनुसारको कानून नबनेको बताए । उनले सरकारले युवाहरूलाई सरकारका विभिन्न क्रियाकलापमा समेट्ने भनेर कार्यविधि ल्याइसकेको बताए । उनले आर्थिक सुधारका लागि आयोग नै गठन गरेर अघि बढेको बताए । सरकारले आगामी नीति तथा कार्यक्रम र बजेटमा आयोगले दिएको सुझावहरूलाई समेटेर कार्यक्रम बनाउने बताए ।
उनले भने, ‘सङ्घीयता आइसकेपछि गभर्नेन्स सिस्टममा कोर्डिनेशनको ज्यादै अभाव देखिएको छ । भनेको छ, संविधानमा सहकार्य, समन्वय र सहअस्तित्व । तर धेरै कन्फ्युजनहरू क्रिएट भएको छ । पालिकाहरूले कानून त बनाउनुभएको छ । तर तीनै पालिकाहरूको कानूनहरुको बीचमा पनि विवाद छ । सङ्घीय कानून भन्दा विपरीत कानून बनाउन पाइँदैन भन्ने छ । तर त्यो खालको अवस्था सिर्जना भएको छैन । त्यसैले उनीहरुले निर्माण गरेका कानूनहरु कहिले कहीँ नहुने ठाउँमा अलि बढी एक्टिभ भएको देखिन्छ । हामीले एक आपसमा विश्वास नै आर्जन गर्न सकेनौँ । युवाहरूलाई सरकारका विभिन्न क्रियाकलापमा समेट्ने भनेर कार्यविधि ल्याइसकेका छौँ । आर्थिक सुधारका लागि हामीले आयोग नै गठन गरिसकेका छौँ । केके छन् ल्याकिङहरु रु तीन तहको सरकारबीचको समस्या धेरै आइरहेका छन् । साझा र एकल अधिकारले क्रिएट गरेका अधिकारलाई क्लियरीफिकेशन गर्नका लागि त्यो आयोगले हामीलाई सुझाव दिन्छ र नेपाल सरकारले आगामी नीति तथा कार्यक्रम र बजेटमा त्यही बमोजिम अघि बढ्छ ।’